- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । धुलिखेल अस्पततालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत २९ वर्षीय महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
धुलिखेल अस्पतालका अुनसार बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चको बाह्रबिसे नगरपालिका-९ घर भएकी सावित्री तिमिल्सीनाको कोभिड १९ शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।
वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन । उनको धुलिखेल अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला दुबैमा गरेको परीक्षण पोजेटिभ देखिएको बुझिएको छ ।
कर्मचारीको असावधानीका कारण मृतकको फोटो प्रकाशन हुन पुगेकोमा क्षमा चाहान्छौँ ! आउँदा दिनहरुमा यस्ता गल्ती नगर्ने प्रयास गर्ने प्रतिबद्धता पनि जनाउँदछौँ !- सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्