
- अर्थ सरोकार सम्बाददाता
बर्दिया । राजापुर नगरपालिकाका कोरोना भाइरस संक्रमित तीन जनालाई स्थानीय आइसोलेसनमा राखेर उपचार गरिने भएको छ । नगरपालिकाले वडा नं ४ मा अमर शहीद दशरथ चन्द आधारभूत माविमा कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण गरेको १२ शय्याको आइसोलेशनमा राखेर तिनलाई उपचार गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका एक र प्रदेश नंं ५ सरकारले पठाएको एक चिकित्सकसहितले संक्रमतिको उपचार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका उपप्रमुख मनकला चौधरीले जानकारी दिए । राजापुर-९ बनियापुरका ३० वर्षीय पुरुष, ७ का ३४ वर्षीय पुरुष र ६ महुवाका २९ वर्षीय पुरुष संक्रमित छन् । संक्रमित सबै १२ दिनअघि भारतबाट आई सो माविको क्वारेन्टिनमा बसेका थिए । यसअघि राजापुर– ५ की ११ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण भएकामा बाँकेको खजुरामा उपचार भएर स्वस्थ्य भई भनी बुधबार उनी घर फर्किसकेकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्