×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन कारण जनतामा तीव्र असन्तुष्टि र आर्थिक संकट बढ्छ’ : गृहमन्त्री थापा (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘लकडाउन कारण जनतामा तीव्र असन्तुष्टि र आर्थिक संकट बढ्छ’ : गृहमन्त्री थापा (भिडियो रिपोर्ट)

Artha Sarokar

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताउनुभएको छ । लक डाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लक डाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो । उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उहाँको भनाइ छ । 
संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भन्नुभयो, ‘‘कोरोना संकटलाई तोड्न विश्वले लक डाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ । तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लक डाउन खोल्नुपर्छ । लक डाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन । आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ ।’’
थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायम गर्दै सुचारु गर्नुपर्ने बताउनुभयो । आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडी बढ्नुपर्ने गृहमन्त्री थापाले बताउनुभयो ।
बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उहाँले उल्लेख गर्नुभयो । समिति बैठकमा लक डाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताउनुभएन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी