- अर्थ सरोकार सम्बाददाता
रामेछाप । रामेछापको मन्थलीमा रहेको लक्ष्मी आयल स्टोर्सलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।बिहीबार साँझ प्रशासकीय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले उक्त स्टोर्सलाई सिल गरेको हो ।
आयल स्टोर्सले मिसावट गरेर पेट्रोल बिक्री गरिरहेको र काउण्टर सञ्चालकको व्यवहार पनि पारदर्शी नहुने गरेको लगायतका सूचनाका आधारमा पेटोल पम्पमा सिल गरिएको जानकारी प्रशासनले गराएको छ ।