×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार आईसीयू उदघाटन गरे । प्रदेशसभा चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोपटक प्रतिष्ठानमा पुगेका मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पर्याप्त बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै दाङबासीले आ–आफ्नो ठाउँबाट प्रतिष्ठानलाई सहयोग गर्नुपर्ने बताए । कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेशिन प्रतिष्ठानमा भित्राउन सफल भएको भन्दै उनले उपकुलपति प्रा.डा.संगीता भण्डारीलाई धन्यवाद दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी