Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाहरुले अब राजाको तस्वीर भएको नोट सेवाग्राहीलाई दिन नपाउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार एक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो । सर्वसाधारणले बैंकमा बुझाएकाहरू नोटहरु बैंकमार्फत राष्ट्र बैंकमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट बैंक तथा वित्तीय संस्थालाई पुन: सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो । 
राष्ट्र बैंकले झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैंकले भनेको छ ।
यस्तै सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो । निर्देशनअनुसार अब बैंकले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले अब एटीएमलगायतका मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नुपर्नेछ । नोटको प्याकेटमा अब बैङ्कको नाम, बैंकका कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य राख्न पनि राष्ट्र बैंकले भनेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK