×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा : कोरोना भाइरसका कारण जिडिपिमा १ खर्ब ६८ अर्ब नोक्सान ! (अन्य विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा : कोरोना भाइरसका कारण जिडिपिमा १ खर्ब ६८ अर्ब नोक्सान ! (अन्य विवरणसहित)

Artha Sarokar

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण जिडिपिमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै कोरोना भाइरस र लकडाउनका कारण जिडिपि अर्थात कुल ग्राहस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको हो ।
केन्द्रीय बैंकका अनुसार प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा यस्तो नोक्सानी अनुमान गरिएको हो । बैंकले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गरिने बताएको छ । साथै, ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहित गरिने बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी