×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा सात विभाग र कार्यालयको नाम परिवर्तन, अव कुन विभागको नाम के ? (सूचनासहित)

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकद्वारा सात विभाग र कार्यालयको नाम परिवर्तन, अव कुन विभागको नाम के ? (सूचनासहित)

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गरेको हो ।
राष्ट्र बैंकद्वारा जारी सूचना अनुसार सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ । अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग भएको छ भने सूचना प्रविधि विभागको नाम सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ ।
यस्तै लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ । संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग भएको छ । बैंकिङ कार्यालय बैंकिङ विभाग भएको छ भने उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयमा रूपान्तरण भएको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकको सूचना जस्ताको त्यस्तै : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: