×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ प्रभाव : रेमिट्यान्समा भारी गिरावट, चैतमा ५० प्रतिशतले घट्दा ३५ अर्ब मात्र भित्रियो

PRIME CA

‘लकडाउन’ प्रभाव : रेमिट्यान्समा भारी गिरावट, चैतमा ५० प्रतिशतले घट्दा ३५ अर्ब मात्र भित्रियो

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले चैत महिना करिब ३५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । कोरोना भाइरसका कारण अहिले अधिकाशं मुलुकहरु लकडाउनको अवस्थामा छन् । जस कारण रेमिट्यान्स आयमा उल्लेख्य कमी आएको छ । 
नेपाल राष्ट्रको बैंकको तथ्यांक अनुसार पछिल्लो समय विदेशमा रहेका नेपालीहरुले मासिक ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स पठाउँदै आएका थिए । फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स  भित्रिएको  राष्ट्र बैंकले जनाएको छ । सामान्य अवस्थामा मासिक औसतमा भित्रिने भन्दा ५० प्रतिशतले रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसो त गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थ समितिको बैठक वर्षभरिको रेमिट्यान्स करिब २० प्रतिशतले घट्ने अनुमान गर्दै चालुभन्दा आगामी वर्ष चुनौतीपूर्ण रहेको बताएका थिए । कोरोना भाइरसले माहामारीको रुप लिएपछि नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भएको थियो भने नेपालमा लकडाउन सुरु हुनु भन्दा अगाडी विश्वका कतिपय देशहरु लकडाउनकै अवस्थमा थिए । जसले गर्दा  ५० प्रतिशतले रेमिट्यान्स घटेको हो ।  
रेमिट्यान्स घटेपनि देशको शोधनान्तर बचत भने स्थिर छ । राष्ट्र बैंकका अनुसार फागुनमा शोधनान्तर बचत ३७ अर्ब ८४ करोड थियो ।  शोधनान्तर बचत चैतमा पनि फागुनकै हाराहारीमा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: