Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ क्षेत्रबाट प्रवाहितमध्ये ३६ प्रतिशत कर्जा ५ करोड माथिको, सबैभन्दा बढी कुन क्षेत्रमा भयो कर्जा प्रवाह ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताएका छन् । संघीय संसद अन्तर्गतको अर्थसमितिले आयोजना गरेको बैठकमा गभर्नर अधिकारीले बैशाख २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी बताएका हुन् ।
बैंकिङ क्षेत्रबाट भएको कर्जा प्रवाहमा ५ करोडमाथि ३६ प्रतिशत र ५० लाख भन्दा तल ३४ प्रतिशतले रहेको पनि गभर्नर अधिकारीले बताए । सबैभन्दा बढी होलसेल र रिटेल क्षेत्रमा ६ खर्ब ६० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रले कर्जा लगानी गरेका छन् ।
यस्तै कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ । गभर्नर अधिकारीका अनुसार निर्माण क्षेत्रमा ३ खर्ब ४५ अर्ब रुपैयाँ, मेटल, इलेक्ट्रिक र स्टिलमा ४१ अर्ब ९ करोड रुपैयाँ, गाडी, स्पेयर पार्टसमा ४८ अर्ब ३९ करोड रुपैयाँ, सञ्चार, पब्लिक सर्भिस क्षेत्रमा ८ खर्ब ९४ अर्ब रुपैयाँ, बीमा फाइनान्स क्षेत्रमा २ खर्ब ५० अर्ब रुपैयाँ, सेवा क्षेत्रमा, होटल, टुरिजम, विज्ञापन एजेन्सीलगायतका क्षेत्रमा २ खर्ब ८० अर्ब रुपैयाँ, गोल्ड, सिल्भर र एटीएम कार्डलगायतमा ९१ अर्ब रुपैयाँ र अन्यमा ५ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK