×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै, ब्याज भुक्तानीको नियम कस्तो छ ?

PRIME CA

नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै, ब्याज भुक्तानीको नियम कस्तो छ ?

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने योजनाले ४ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्ने भएको हो ।  
राष्ट्र बैंकले जेठ १ गतेदेखि २१ गतेसम्म नागरिक बचतपत्र बिक्री गर्न लागेको हो । उक्त नागरिक बचतपत्रको निष्काशन भने जेठ २५ गते गरिने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचत पत्र २०८२ अन्तर्गतको ४ अर्ब रुपैयाँको ब्याज ९ प्रतिशत तोकिएको छ । राष्ट्र बैंकले ब्याज भुक्तानी ६/६ महिनामा हुने पनि जनाएको छ ।
जसमा न्यूनतम १० हजार रुपैयाँसम्म लगानी गर्न पाइने छ भने धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सकिनेछ । नागरिक बचतपत्रमा राष्ट्र बैंकका कार्यालय तथा बजार निर्माताको लाइसेन्स लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: