
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।
‘कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्ने,’ समितिको निर्देशन छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानून बनाउन निर्देशनसमेत दिएको छ ।
सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी मजदुरलाई राहत वितरणको मापदण्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्किनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्