
- अर्थ सरोकार सम्बाददाता
रसुवा । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड –१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस सुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।
सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हालसम्म जिल्ला सुरक्षित भएको बताए । रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षाअंग, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, बन्दाबन्दीको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले हालसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्