×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा, नमुना संकलनमा सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा, नमुना संकलनमा सहयोग

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
रसुवा । रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनबाट जोगाउन धुन्चेमा रहेको रसुवा अस्पताल र जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा बुथ सञ्चालन ल्याइएको हो । 
नेपाल इन्जिनियरिङ एसोसिएसन वाग्मती प्रदेशले दुईवटा अस्पताललाई बुथ हस्तान्तरण गरेको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर विकास भट्टले बताउनुभयो । बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सर्नसक्ने जोखिम न्यूनीकरण गर्नका लागि बुथ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । 
यसअघि स्वास्थ्यकर्मीले बिरामीलाई छोएरै स्वाब संकलन गर्दै आएका थिए । बुथ सञ्चालनमा आएसँगै स्वाब संकलन गर्दा बिरामी र स्वास्थ्यकर्मी बीच प्रत्यक्ष भेट नहुने भएको छ ।  यसले पछिका दिनमा अन्य सरुवा रोगको नमुना संकलन गर्दा समेत सहयोग पुर्याउने विश्वास लिइएको छ । बुथमा इनलेट अक्सिजन र आउटलेट अक्सिजनको व्यवस्था छ । जसबाट बुथभित्र रहने स्वास्थ्यकर्मीलाई पर्याप्त अक्सिजन प्राप्त हन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी