- अर्थ सरोकार सम्बाददाता
रौतहट । प्रहरीले रौतहटको ईशनाथ नगरपालिकाको पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ छरिएको अवस्थामा बरामद गरेको छ । डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए ।
ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोज्दा उनीहरु रोकिएनन् । प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।
त्यहाँबाट बरामद रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले नगर प्रमुखको घरमा लगेर रोहबरमा गन्न लगाएका थियो । रकम गन्दा १० लाख १० हजार रुपैयाँ रहेको पाइएको मेयर मेहताले बताए । बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्