×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै रौतहटमा नाराबाजी, घर जान पाउनु पर्ने माग

PRIME CA

क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै रौतहटमा नाराबाजी, घर जान पाउनु पर्ने माग

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

रौतहट

  • अर्थ सरोकार सम्बाददाता 

रौतहट । क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले आफूहरु घर जान पाउनु पर्ने भन्दै नाराबाजी र होहल्ला गर्न थालेपछि सो स्थान तनावग्रस्त बनेको थियो । विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी परिचालन गरिएको र अहिले त्यहाँको परिस्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले घरबाटै खाना मगाउने, बाहिर पसलबाट सामान किनेर ल्याउन लगाउने लगायतका गतिविधि गरेपछि विवाद सिर्जना भएको हो । सडकमा ठेलामा फलफूल बेच्नेहरुसँग उनीहरुले क्वारेन्टिन कक्षबाटै सामान मगाउने गरेका छन् । घरबाट खाना लिएर जाने व्यक्तिहरुले क्वारेन्टिनभित्र नै गएर सामान दिन पाउनु पर्ने माग गर्दै विवाद सिर्जना गरेका थिए ।
क्वारेन्टाइन स्थलमा खटेका सुरक्षाकर्मीलाई अटेर गर्दै खाना पुर्याउनभित्र पुगेका उनीहरुले आफन्तसँग भेटघाट गर्न खोजेका थिए । हाल रौतहटमा विभिन्न १६ नगरपालिका र २ गाँउपालिकाहरुले निर्माण गरेको ३८ क्वारेन्टिनमा ४ हजार १३६ जना बसेका छन । गौरको नर्सिङ्ग इन्सटिच्युट र राजपुरको प्राथमिकक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा ६७ जना उपचाररत छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: