- अर्थ सरोकार सम्बाददाता
रौतहट । बुधबार रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रजिअ घिमिरेका अनुसार उनीहरु सबैजना भारतबाट नेपाल आएका पुरुषहरु हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि हो ।