×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसन बेडको अभाव !

PRIME CA
GLOBAL IME BANK

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसन बेडको अभाव !

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

Gulmi
  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा थप २२ जना कोरोना संक्रमित व्यक्ति फेला परेका हुन् । सदरमुकाम गौरमा भने पहिलो पटक सात जनामा संक्रमण पुष्टी भएको हो । 
यस्तै देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । उनका अनुसार संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरू नै रहेको पुष्टि भएको छ । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र उनीहरुलाई जिल्लाकै विभिन्न आइसोलेसनमा राखेर उपचार गराउने तयारी भइरहेको जनाइएको छ ।
भारतबाट आएका उनीहरु सबैलाई सिधै क्वारेन्टाइनमा लगेर राखिएको थियो । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ७० पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामा आइसोलेसन बेडको अभाव हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ४० वटा मात्र आइसोलेन बेड तयारी अवस्थामा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: