×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा संक्रमितको विषयलाई लिएर चिकित्सक, सुरक्षाकर्मी र स्थानीयबीच झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रौतहटमा संक्रमितको विषयलाई लिएर चिकित्सक, सुरक्षाकर्मी र स्थानीयबीच झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर !

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । कोरोना भाइरस संक्रमितको विषयलाई लिएर रौतहटको इशनाथ नगरपालिकामा झडप भएको छ । नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान झडप भएको हो । सोही क्रममा प्रहरीले उक्त झडप नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि झडप भएको हो । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी