
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौटहटमा कारोना भाइरस संक्रमितको संख्या ह्वातै बढेको छ। सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमौडौंले सार्वजनिक गरेको तथ्यांकअनुसार रौतहटका २६ जनालाई कोरोना भाइरस संक्रमण छ। योसहित रौतहटमा कोरोना भाइरसको संक्रमितको संख्या ४७ पुगेको छ ।
यसभन्दा अघि २१ जना संक्रमति भएका थिए । जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् । सोमबार रौतहटको राजपुर नगरपालिकाका विभिन्न वडाका २५ जना र इशनाथ नगरपालिकाका १ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिए । संक्रमित सबै भारतको विभिन्न शहरबाट काम गरेर आएका हुन् । उनीहरूलाई सुरक्षा निकायले सीमाक्षेत्रबाट सिधै क्वारेन्टाइन लगेर राखेको थियो ।
राजपुर नगरपालिकाको ९६ जना र इशनाथ नगरपालिकाको २७ जना गरी २ सय २३ जनाको स्वाब पठाएकोमा २६ जनाको पोजेटिभ आएको प्रजिअ घिमिरेले जानकारी दिए। यो स्वाब गत ६ गते पठाइएको थियो । आज देखिएका संक्रमितहरूलाई राजपुर नगरपालिकास्थित आइसोलेसनमै राख्ने योजना रहेको प्रजिअ घिमिरेले जानकारी दिएका छन् ।
५६२ जनाको रिपोर्ट आउन बाँकी
अझै ५ सय ६२ जनाको रिर्पोट आउन बाँकी रहेको उनले जानकारी दिए । हालसम्म १ हजार २ सय ८४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिएका छन्। आइतबार सम्मको तथ्यांकअनुसार रौतहटमा २ हजार ५ सय ४४ पुरुष र १ सय ७२ महिला गरी २ हजार ७ सय १६ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेको फोकल पर्सन गुप्ताले बताए । सोमबार पनि ४ सय जनाको स्वाब संकलन गर्ने लक्ष्यअनुसार काम भइरहेको उनले जनाए ।
यसअघि देखिएका २१ जना संक्रमितमध्ये ३ जना वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने बाँकी १८ जनाको गौरस्थित गौर नर्सिङ इन्स्युच्युट आइसुलेसनमा उपचार भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्