
- अर्थ सरोकार सम्बाददाता
विरगञ्ज । कोरोनामुक्त भएका रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको स्वास्थ्यमा पुन: समस्या आएको छ । नारायणी अस्पतालबाट डिस्चार्ज भएका उनलाई पुनः स्वास्थ्यमा समस्या आएपछि पुनः विरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको छ ।
उक्त अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको टोली रौतहट गएको थियो । बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको बताइएको छ । ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्