
- अर्थ सरोकार सम्बाददाता
रौतहट । गएराती रौतहटका तीन घरमा आगलागी भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर तीन घरमा भएको आगलागीबाट १० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति ७ बजे परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा आगलागी भएको थियो । सोही घरबाट सल्किएर छिमेकी अंशु रहमानको घरमासमेत आगलागी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र छिमेकी रहमानको घरमा दुई लाख बराबरको क्षति भएको छ ।
यस्तै ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातीनै भएको आगलागी बाट घरमा रहेको अन्न लता कपडा गरी ६ लाखको क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । गौरबाट गएको दमकल, स्थानीय प्रहरी र गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्