×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा तीन घरमा आगलागी, १० लाख बढीको क्षति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रौतहटमा तीन घरमा आगलागी, १० लाख बढीको क्षति !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । गएराती रौतहटका तीन घरमा आगलागी भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर तीन घरमा भएको आगलागीबाट १० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति ७ बजे परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा आगलागी भएको थियो । सोही घरबाट सल्किएर छिमेकी अंशु रहमानको घरमासमेत आगलागी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र छिमेकी रहमानको घरमा दुई लाख बराबरको क्षति भएको छ । 
यस्तै ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातीनै भएको आगलागी बाट घरमा रहेको अन्न लता कपडा गरी ६ लाखको क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । गौरबाट गएको दमकल, स्थानीय प्रहरी र गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी