- अर्थ सरोकार सम्बाददाता
रौतहट – क्वारेन्टाइनमा जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भदै रौतहटको ईशनाथ नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् । तीन दिन अघि ईशनाथ नगरपालिका ७ जोकहास्थित मदरसामा भेटिएका दुई संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए।
संक्रमित दुई जनालाई उपचारका लागि बाहिर लैजानुभन्दा त्यहीँ राखेर उपचार गर्नुपर्ने माग राख्दै भएको ढुंगा हानाहानको क्रममा स्वास्थ्यकर्मीमाथि पनि आक्रमण र दुर्व्यवहार भएको भन्दै नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले क्वारेन्टिनमा काम नगर्ने अडान लिएका छन्।
क्वारेन्टाइन र स्वास्थ्य चौकीमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि ढुंगामुढासँगै खुर्सानीको धूलोसहित हानेकाले उनीहरुलाई पक्राउ गरी कारबाहीको माग ती स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
आफनो ज्यान थातीमा राखेर बिरामीको सेवा गर्दा गर्दै आफुहरु सुरक्षित नरहेको भन्दै नगर स्वास्थ्य संयोजक ईशराजुल खानले एक विज्ञप्ति जारी गर्दै शनिवार साँझदेखि आन्दोलनमा उत्रेको जानकारी दिएका छन् ।
रौतहटमा अत्यधिक प्रभावित स्थानीय तहमा ईशनाथ नगरपालिका रहेको छ । नगरपालिकाका १९ क्वारेन्टिनमा १८०५ जना मानिस रहेका छन् । क्वारेन्टाइनमा रहेका मानिसहरुले निरन्तर सेवा र सुविधाको माग गरिरहेका छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्