×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल-भारतको सम्बन्ध बिगार्ने तत्वहरुको सक्रियता बढेको भारतीय सुरक्षा एजेन्सीहरुको निष्कर्ष !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल-भारतको सम्बन्ध बिगार्ने तत्वहरुको सक्रियता बढेको भारतीय सुरक्षा एजेन्सीहरुको निष्कर्ष !

Artha Sarokar

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । भारतीय सुरक्षा एजेन्सीहरुले सामाजिक संजालमा असामाजिक तत्वहरुको सक्रियता बढेको निष्कर्ष निकालेका छन् । भारतका विभिन्न सुरक्षा एजेन्सीहरुले नेपालका सामाजिक संजालमा नेपाल-भारतको सम्बन्ध बिगार्ने तत्वहरु सक्रिय रहेको निष्कर्ष निकालेका हुन् । नेपाल र भारतबीच सम्बन्ध बिगार्ने, भड्काउने, तथ्यहीन सूचना र जानकारी प्रकशान र प्रशारण गर्नेगरी सक्रिय भएको एजेन्सी निकट स्रोतको दाबी छ ।

एजेन्सी स्रोतका अनुसार कुटनीतिक रुपमा समाधान गर्नुपर्ने कुरालाई प्रायोजित रुपमै गलत रुपमा प्रस्तुत गरिएको छ । यसले कसैको पनि हित नहुने निष्कर्ष निकाल्दै उनीहरुमाथि निगरानी बढाइएको छ । नेपाल र भारतबीचको सम्बन्धलाई लिएर उठेका कतिपय विषयलाई वार्ता र कुटनीतिको माध्यमबाट समाधान गर्नुपर्नेमा कसैको स्वार्थपूर्तिका लागि सामाजिक संजालमा भड्किलो प्रचार गर्नेहरुमाथि एजेन्सीहरुले निगरानी गरिरहेको स्रोतको भनाइ छ ।

बर्षौंदेखिको सुमधुर सम्बन्धलाई केहि विषयलाई लिएर उठेका समस्या ती तत्वहरुका लागि मागी खाने भाडोजस्तै भएको र यसले दीर्घकालीन रुपमा भारत वा नेपाल कसैलाई पनि फाइदा नपुग्ने भन्दै त्यस्ता उत्तेजक तत्वहरुमाथि निगरानी बढाइएको र यसको जानकारी सम्बन्धित निकायमा पुर्याउने काम भईरहेको एजेन्सी निकट स्रोतले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी