×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेमिट्यान्समा देखियो कोरोनाको असर : ४ प्रतिशतले घट्यो, चैत महिनामा ३४ अर्ब मात्र भित्रियो !

PRIME CA
GLOBAL IME BANK

रेमिट्यान्समा देखियो कोरोनाको असर : ४ प्रतिशतले घट्यो, चैत महिनामा ३४ अर्ब मात्र भित्रियो !

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत महिनामा ३४ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स आएको जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स चालु आवको सोही अवधिमा ४ प्रतिशतले कमी आएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनामा भने ७९ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स चैत मसान्तसम्ममा आएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्सको बृद्धिदर २० प्रतिशतको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।

यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर ९८२ अर्ब ५३ करोड कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: