
- अर्थ सरोकार सम्बाददाता
बर्दिया । क्वारेन्टिइनमै मृत्यु भएका गुलरिया नगरपालिका(९ का ५५ वर्षीय जोक्दी गोडियामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार राति ८ बजे बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिइनमा बसेका उनी बुधबार बिहान अचेत भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर अस्पताल नपुग्दै उनको मृत्यु भएको थियो ।
मृत्यु भएपछि कोरोनाको आशंकामा स्वाब संकलनका गरी पीसीआर जाँचका लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको बर्दिया अस्पतालका डाक्टर शुभाष पाण्डेले जानकारी दिए । मजदुरीका लागि अछाम गएका जोग्दी १६ जनाको टोलीसहित बर्दिया फर्किएका थिए । उनको समूहका १२ जनालाई बबई र अन्य ४ जनालाई खैरीको विद्यालयमा राखिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्