
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर – मध्यपुर थिमिमा बस्ने कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।
मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।
संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने भक्तपुर अस्पतालले जनाएको छ । भक्तपुरको दुवाकोटमा बस्दै आएका एक पुरुषमा पनि मंगलबार कोरोना संक्रमणको देखियो थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्