×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्तको खुद नाफा ३८.०४ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

PRIME CA

आरएमडीसी लघुवित्तको खुद नाफा ३८.०४ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण  अनुसार संस्थाको खुद नाफा १५ करोड १४ लाख ४९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३८.०४ % ले कम हो ।  गत वर्ष यसैअवधिमा संस्थाले २४ करोड ४४ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी २९.८२%ले घटेर २४ करोड ४८ लाख ६४ हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसले ३४ करोड ८९ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, सञ्चालन नाफा पनि ३१.३०% ले घटेर २३ करोड ८१ लख ४१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसको सञ्चालन नाफा ३४ करोड ६६ लाख ८९ हजार रुपैयाँ थियो ।
यता, प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ ४५ पैसा रहेको छ । यो गत वर्षको भन्दा १८ रुपैयाँ ३२ पैसाले कम हो । गत वर्ष यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७७ पैसा थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ७० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: