
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । रुपन्देहीमा आइतबार थप ६ जनामा कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीमा थप ६ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।
संक्रमितहरु रुपन्देही समरीमाई गाउँपालिकाका–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष र रुपन्देहीकै गैडहवा गाउँपालिकाका २३, ३० तथा ४० वर्षीय पुरुष रहेका छन् । संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्