
- अर्थ सरोकार सम्बाददाता
बुटवल । गुल्मीका कोरोना संक्रमित व्यक्ति रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा पनि कारोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।
अस्पतालका सूचना अधिकारी चन्द्रकान्त बस्यालका अनुसार निमोनियासँग मिल्दोजुल्दो लक्षण देखिएका उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि उनले बताए । यता गाउँपालिका अध्यक्ष दानबहादुर केसीले पनि केही दिनअघि निमोनियाको समस्या देखिएपछि उनी उपचारका लागि बुटवल गएको बताए ।
आज कोरोना पुष्टि भएका उनी गुल्मी मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदह बासी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्