
- अर्थ सरोकार सम्बददाता
बुटवल – बुधबार कोरोना पुष्टि भएका रुपन्देहीका १२ जना संक्रमित भारतको मुम्बईबाट आएको पाइएको छ । उनीहरु एक साताअघि नेपाल आएको पाइएको हो ।
१२ जनामध्ये १० जना भने गैडहवा गाउँपालिका २ मा रहेको एकै क्वारेन्टाइनका रहेका थिए। उनीहरु सबै चोरबाटो हुँदै नेपालसम्म आएको गाउँपालिकाका अध्यक्ष बछुलाल केवट;ए जानकारी दिएका छन् । संक्रमितहरुलाई ७ दिनअघि वडा नं २ स्थित जोगडा माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा फेला परेका संक्रमितमध्ये ७ जना पुरुष र ३ जना महिला छन् । केही दिनअघि क्वारेन्टाइनमा राखिएका ५२ मध्ये १७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। जसमा १० जनामा कोरोना देखिएको हो।
संक्रमितलाई भैरहवास्थित भीम अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा लैजाने तयारी भइरहेको अध्यक्ष केवटले बताए । रुपन्देहीमा १२ जनालाई कोरोना पुष्टि भएसँगै संक्रमित २८ जना पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्