×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीका कोरोना संक्रमित युवकको परिवारमा कोरोना रिपोर्ट नेगेटिभ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रुपन्देहीका कोरोना संक्रमित युवकको परिवारमा कोरोना रिपोर्ट नेगेटिभ

Artha Sarokar

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीका कोरोना संक्रमित युवकको परिवारका १० सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ । कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित गाउँका युवकको १० जनाको पीसीआर परीक्षण गर्दा संक्रमण नभएको पाइएको हो ।
भारतको दिल्लीबाट ट्रक चढेर र पैदल यात्रा गर्दै लकडाउनको समयमा वैशाख ५ गते मर्चवारको ठोठरी नाकाबाट घर आएका २५ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको हो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा परिवारका सबै १० सदस्यको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
कोरोना संक्रमित युवकलाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी