
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित हाईलाइफ फुड प्रोडक्ट प्रालिले कोरोनाभाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ । कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्यसामग्री सहयोग गर्दै आएको हो । यस क्रममा गत जेठ ८ गते बुटवल वडा नंं ४ कान्ति माविको क्वारेन्टाइनमा रहेका ११० जनाका लागि मिश्रित खाद्यान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ।
यसबाट उक्त स्कुलमा रहेका व्यक्तिहरुले धेरै राहत अनुभव गर्र्ने विश्वास गर्दै उक्त कम्पनीले यस विषम परिस्थितिमा निकै सरहानीय काम गरेकोे अध्यक्ष पराजुलीले जानकारी दिए।
उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि निर्यात गर्ने प्रक्रियामा रहेको छ । यस विषम परिस्थितिमा पनि कम्पनीले खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ। कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि कम्पनी स्वयंले कोभिड–१९ बिमा व्यवस्था गरिदिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्