×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देही र कपिलवस्तुमा आज भेटिएका १७ जना संक्रमितहरु भारतबाट लुकिछिपी नेपाल भित्रिएका थिए…

PRIME CA
GLOBAL IME BANK

रुपन्देही र कपिलवस्तुमा आज भेटिएका १७ जना संक्रमितहरु भारतबाट लुकिछिपी नेपाल भित्रिएका थिए…

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मंगलबार कोरोना संक्रमणको पुष्टि भएका रुपन्देही र कपिलवस्तुका सबै संक्रमितहरु लुकिछिपी भारतबाट नेपाल आएको पाइएको छ । केही दिनअघि मात्र उनीहरु लकडाउन छलेर लुकिछिपी नेपाल आएको पाइएको हो ।
जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा भेटिएका ९ जना संक्रमितहरु ४/५ दिनको अवधिमा भारतबाट लुकिछिपी नेपाल आएका थिए । संक्रमितहरु सबैलाई लुम्बिनी विश्व विद्यालयमा स्थापना गरिएको  क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका कुल एक सय ७४ जनामध्ये ६ जनाको सोमबार नै रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार पनि ९ जना रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।   
यस्तै मंगलबार नै कोरोना संक्रमित देखिएका कपिलवस्तुका ८ जना पनि केही दिन पहिले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नयाँ संक्रमित सबै केही दिन पहिले भारतबाट आएको जानकारी दिए । उनीहरुलाई पनि क्वारेन्टाइनमै राखिएको थियो । सोहि क्रममा स्वाब संकलन गरिएको थियो । मंगलबार मात्रै नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: