×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सङक्रमितले भरिए रुपन्देहीको अस्पताल, थप संक्रमित राख्न समस्या

LAXMI SUNRISE BANK

कोरोना सङक्रमितले भरिए रुपन्देहीको अस्पताल, थप संक्रमित राख्न समस्या

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देही । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ शय्याको सो अस्पतालमा अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर शय्या रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप शय्याको आवश्यकता देखिएको छ ।
अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताए । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् ।
अस्पतालको आइसोलेसन शय्या भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । – रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी