Skip to content
LAXMI SUNRISE BANK

कोरोना भाइरसको केन्द्र बन्दै रुस, एकैदिन थपिए १० हजार बढी संक्रमित

अर्थ सरोकार

काठमाडौँ – रूसमा एकैदिन १० हजार भन्दा बढी कोरोना संक्रमित बिरामी भेटिएका छन् । बितेका २४ घण्टाभित्रै १० हजार ५८१ जना संक्रमित मानिस भेटिएको मस्कोका अधिकारीहरुले पुष्टि गरेका हुन्।  आज थपिएका बिरामीहरूसँगै रूसमा कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार २६८ पुगेको छ। संक्रमितमध्ये एक हजार ३५६ जनाको मृत्यु भएको छ।
हिजो पनि रूसमा १० हजार भन्दा बढी संक्रमित भेटिएका थिए। लगातार दोस्रो दिन पनि सोही संख्यामा त्यहाँ बिरामीहरु फेला परेका हुन्। सरकारी अधिकारीहरुले रूसमा भेटिएका संक्रमित संख्या चीन, टर्की र इरानमा भन्दापनि धेरै रहेको बताएका छन्। 
गत साता प्रधानमन्त्री मिखाइल मिसुस्तीन नै कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनले ११ मे सम्म देशभर कामकाजबिहिन अवधि घोषणा गरिदिएका छन्। राजधानी मस्कोमा लगाइएको लकडाउन पनि कायमै हुने उनले बताएका छन्। रूसी अधिकारीहरुले आफ्ना नागरिकलाई घरमै रहन र लकडाउनको पालना गर्न आग्रह गरेका छन्। -एजेन्सी 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK