
काठमाडौँ – रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले जारी देशव्यापी लकडाउन मंगलबारबाट खुकुलो पारिने र व्यापारहरू पुनः सुरू गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएको ६ सातापछि भ्लादमिर पुटिनले यस्तो घोषणा गरेका हुन्।
पुटिनले देशका केही भागमा भने आवश्यक्ता अनुसार कडाइ जारी रहने बताएका छन्। रसिया हाल सबैभन्दा धेरै प्रमाणिक कोरोना संक्रमित रहेको मुलुकमध्ये तेश्रोमा पर्छ। पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ६ सय ५६ जना नयाँ संक्रमित फेला परेका छन्। यो वृद्धिसँगै रसियामा कुल संक्रमित संख्या २ लाख २१ हजार ३ सय ४४ भएको छ।
यसैगरी कोरोनाबाट २ हजार ९ जनाको ज्यान गइसकेको छ। धेरैले यो तथ्यांकमाथि आशंका व्यक्त गर्दै वास्तविक संख्या भनिएभन्दा धेरै हुनसक्ने उनीहरूको अनुमान छ। टेलिभिजन सन्देशमा ६ हप्तादेखि जारी लकडाउन अन्त्य भएको घोषणा गर्दै राष्ट्रपति पुटिनले यो अवधिले देशको स्वास्थ्य व्यवस्थालाई तयार हुने समय दिनुका साथै हजारौं मानिसको ज्यान बचाएको बताए।
‘भोलि मे १२ बाट सबै क्षेत्रमा लगाइएको राष्ट्रव्यापी बन्द सकिनेछु’ पुटिनले भने। यसैगरी पुटिनले देशमा जारी राष्ट्रव्यापी लकडाउन सकिएपनि ठूला जमघटमाथिको प्रतिबन्ध भने जारी नै रहने बताए। पुटिनले महामारी अन्त्यबाट अझै टाढा रहेकाले महामारीको दोश्रो चरण सुरू हुन दिन नहुने चेतावनी दिएका छन्।
पुटिनको यो सम्बोधन कोरोना भाइरसको इपिसेन्टर बनेको मस्कोका मेयरले जारी लकडाउनलाई ३१ मे सम्म बढाउने घोषणा गरेको केही दिनपछि आएको हो। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्