काठमाडौँ – रसियामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। रसियामा पछिल्लो २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसियामा कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको रसियाको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ ।
रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ । विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ । – एजेन्सी