×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पुष्टि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पुष्टि

Artha Sarokar

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभ पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ५२ वर्षीय पेस्कोभ राजधानी मस्कोस्थित एक अस्पतालमा भर्ना भएका छन् ।
सन् २००८ देखि पुटिनको प्रवक्ताको रूपमा कार्यरत पोस्कोभ अप्रिल ३० यता पुटिनसँग देखिएका थिएनन् । त्यसयता उनी पुटिनसँग भिडियो कन्फरेन्समार्फत सम्पर्कमा रहेको बताइएको छ ।
संक्रमित संख्याका आधारमा अमेरिका र स्पेनपछि सबैभन्दा धेरै प्रभावित भएको रूसमा अहिलेसम्म २ लाख ३२ हजार २४३ जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ११६ जनाको मृत्यु भएको छ भने एक साता यता दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी