×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको तेश्रो त्रैमास: खुद नाफा नाफा १ करोड ९० लाख ९१ हजार रुपैयाँ, अरु सूचक कस्ता ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

साधना लघुवित्तको तेश्रो त्रैमास: खुद नाफा नाफा १ करोड ९० लाख ९१ हजार रुपैयाँ, अरु सूचक कस्ता ? (विवरणसहित)

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ करोड ९० लाख ९१ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ६७.२३%ले बढी हो । गत वर्षको सोही अवधिमा संस्थाले १ करोड १४ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै संस्थाले ७ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको छ । यो खुद ब्याज आम्दानी एक करोड ७९ लाख ७१ हजार रुपैयाँले बढेको हो । यो तेश्रो त्रैमाससम्ममा संस्थाले ४३ करोड १६ लाख निक्षेप संकलन गरी १ अर्ब १७ करोड २४ लाख सापटी लिएर १ अर्ब ७० करोड ५२ लाख कर्जा प्रवाह गरेको छ । 
१४ करोड ७० लाख चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ । प्रकाशित विवरण अनुसार संस्थाको कर्मचारी खर्च २ करोड ११ लाखबाट ४ करोड ९२ लाखमा र सञ्चालन दर्च ९६ लाखबाट २ करोड २१ लाखमा बढोत्तरी भएको छ। 
यता, संस्थाको खराब कर्जा अनुपात ०.०२% बाट बढेर १.६७ प्रतिशतमा पुगेको छ। संस्थाको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: