- अर्थ सरोकार सम्बाददाता
सल्यान । सल्यानका कोरोना संक्रमित २५ जनालाई अस्पताल पठाउने तयारी भएको छ । २५ जनामध्ये १० जनालाई सल्यान अस्पताल र बाँकी १५ जनालाई सुर्खेत पठाउने तयारी भइरहेको छ । कर्णाली प्रदेश अस्पतलाको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा २५ जनाको कोरोना पोजेटिभ देखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार संक्रमितमध्ये १० जनालाई जिल्ला अस्पतालको आइसोलेसन र १५ जनालाई सर्खेत पठाउने तयारी भइरहेको छ । भारतबाट आएर बनगाड क्याम्पस र प्रभाकर माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ३९३ जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।