- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २५.७५% धेरै हो । गत वर्ष संस्थाले सोहि अवधिमा ३४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी १४ करोड ९ लाख रुपैयाँ बढेर ७९ करोड ५० लाख पुगेको छ भने सञ्चालन मुनाफा ११ करोड १७ लाख रुपैयाँ बढेर ६५ करोड ५० लाख पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले संस्थाको खुद नाफा पनि बढेको देखिन्छ।
हाल संस्थाको चुक्ता पूँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । लघुवित्तले चैत मसान्तसम्ममा १९ अर्ब ७९ करोड सापटीबाट २२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आवको चैत मसान्तमा ०.१६ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर ०.६५ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५ करोड ६० लाख रुपैयाँ छुट्याएको छ। लघुवित्तले सो अवधिसम्ममा २ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात १७.०७ गुणा कायम भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्