Skip to content
LAXMI SUNRISE BANK

पूर्वराज्यमन्त्रीले गरिदिए संखुवासभाका पच्चीस पत्रकारको कोरोना बीमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
संखुवासभा । संखुवासभा जिल्लामा क्रियाशील पच्चीस जना पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ संखुवासभा शाखामा आबद्ध २५ जना पत्रकारहरुको पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले कोरोना बीमा गरिदिनुभएको हो । 
कोरोना सङ्क्रमणको बेला जनताहरुलाई सुसूचित गराउने कार्यमा क्रियाशील रहेकोमा प्रशंसा गर्दै नेपाल पत्रकार महासंघले उपलब्ध गराएको पत्रकारको नामावली सूची अनुसार प्रति पत्रकार एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिएको पूर्वराज्यमन्त्री खड्काले बताउनुभयो ।
बीमा गरिएका २५ जना पत्रकारहरु जिल्लाका ८ वटा रेडियो, अनलाइन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत छन् । पत्रकार महासंघका अध्यक्ष गिरीले एक लाख रुपैयाँ भुक्तानी दावीसहितको बीमा गरिदिएकोमा पूर्वमन्त्री खड्काप्रति आभार व्यक्त गर्नुभयो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK