
- अर्थ सरोकार सम्बाददाता
संखुवासभा – काठमाडौंबाट संखुवासभा पुगेकी महिलाको आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको छ । चैनपुर नगरपालिका १ नुनढाकीमा ३० वर्षीया महिलामा कोरोना परीक्षण गर्दा आरडिटी पोजेटिभ देखिएको हो ।
चैनपुर नगरपालिका–१ नुनढाकीको क्वारेन्टाइनमा बसेकी उनको आइतबार परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए। उनको थ्रेट स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रवक्ता श्रेष्ठले बताए । उनी १४ दिनअघि काठमाडौबाट बस चढेर संखुवासभा पुगेकी थिइन् ।
उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिपोर्ट नआएसम्म क्वारेन्टाइनमै राखिने स्वास्थ्य कार्यालयले जनाएको छ। संखुवासभामा यसअघि दुई जनाको स्वाब परीक्षण हुँदा रिपोर्ट नेगेटिभ आएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्