Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंबाट संखुवासभा पुगेकी महिलाको आरडिटी पोजेटिभ, थप परिक्षणका लागि स्वाब धरान पठाइयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
संखुवासभा – काठमाडौंबाट संखुवासभा पुगेकी महिलाको आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको छ । चैनपुर नगरपालिका १ नुनढाकीमा ३० वर्षीया महिलामा कोरोना परीक्षण गर्दा आरडिटी पोजेटिभ देखिएको हो । 
चैनपुर नगरपालिका–१ नुनढाकीको क्वारेन्टाइनमा बसेकी उनको आइतबार परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए। उनको थ्रेट स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रवक्ता श्रेष्ठले बताए । उनी १४ दिनअघि काठमाडौ‌बाट बस चढेर संखुवासभा पुगेकी थिइन् । 
उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिपोर्ट नआएसम्म क्वारेन्टाइनमै राखिने स्वास्थ्य कार्यालयले जनाएको छ। संखुवासभामा यसअघि दुई जनाको स्वाब परीक्षण हुँदा रिपोर्ट नेगेटिभ आएको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK