×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमितले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमितले

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । 
पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु¥याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ आएका थिए । 
एकान्त बाटोमा रातको ११ बजेपछिको समयमा उनी एक्लै हिँडिरहेका थिए । सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाइकल रोकेर रातिको समयकहाँ पुग्ने हो लगिदिन्छु भनी आग्रह गरेको उनले अस्पतालका चिकित्सकसँग भनेका छन् । 
भरतपुर अस्पतालका डा. प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए । मोटरसाइकल रोक्ने व्यक्ति केही टाढा भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ । 
पूर्वी नवलपरासीको देवचुली गाउँपालिका–१२ का ४९ वर्षीय ती व्यक्ति वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल आइपुगेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए । एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईँले जानकारी दिनुभयो । 
त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन् । उनका अनुसार ट्रकमा चालक मात्र छन् । ट्रक काठमाडौँतर्फ गएको अनुमान छ । चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन् । ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताए ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालमा यसअघि रहेका दुई कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि हाल अस्पतालमा सङ्क्रमित छैनन् । भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ ।
उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन् । ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जनाएका छन् । डा. पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो । सो ट्रक २६२० नंको रहेको पौडेलले बताए । उनले भने, “सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पुर्याउनुपर्यो ।” – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी