×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी !

PRIME CA

आइतबार सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी !

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो
  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । आइतबार थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् । आइतबार दिउँसो प्राप्त रिपोर्टमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका हुन् । 
सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् । उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परिक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: