×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीका कोरोना सङ्क्रमित युवकका परिवारको स्वाब परीक्षणको नतिजा नेगेटिभ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सप्तरीका कोरोना सङ्क्रमित युवकका परिवारको स्वाब परीक्षणको नतिजा नेगेटिभ

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पिसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोभिड–१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका–३ का युवकको प्रत्यक्ष सम्पर्कमा आएकी उनकी आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यसैगरी डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा सङ्क्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
निमित्त प्रमुख यादवका अनुसारे मङ्लबार उनीहरुको स्वाब सङ्कलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ । स्वाबको रिपोर्ट नेगेटिभ आए पनि सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता पातोस्थित क्वारेन्टाइनमै राखिने जनाइएको छ । स्वाब परीक्षणको रिपोर्ट आउनु अघिल्लो रात आइतबार सङ्क्रमित युवकलाई घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका आमा, हजुरआमा र हजुरबुवालाई क्वारेन्टाइनमा राखिएको हो ।
लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी आएका थिए । डाकनेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप भनिने अरुणकुमार साहका अनुसार १३ जनालाई घर जान नदिइ सोझै क्वारेन्टाइनमा राखिएकामा पिसीआर रिपोर्ट नआउँदै आइतबार राति युवकलाई घर जान दिइएको थियो । स्वास्थ्यकर्मीले वैशाख २२ गते सङ्क्रमित युवकसँगै चितवनबाट आएका १३ जनामध्ये छ जनाको आरडिटी परीक्षण गरेको थियो । बाँकी सात र क्वारेन्टाइनमा बसेका अन्य तीनको वैशाख २६ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको थियो ।
आरडिटी परीक्षण गरिएका ६ युवालाई वैशाख २२ गते र बाँकी सात जनालाई आइतबार होम क्वारेन्टाइनमा बस्ने परामर्श दिएर घर पठाइएको थियो । आधिकारिकरूपमा युवकसहित १० जनाको परीक्षण रिपोर्ट सोमबार मात्र आएको थियो । जसमा एक युवकको रिपोर्ट पोजेटिभ आएपछि उनलाई राजविराजस्थित आइसालेसन वार्डमा राखिएको छ । सङ्क्रमित युवकको सम्पर्कमा आएकाहरुको अझै खोजी भइरहेको र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रयाकिङ र ट्रेसिङ गरी पिसीआर परीक्षण बढाइने निमित्त प्रमुख यादवको भनाइ छ । बिहीबार पनि सुरुङ्गा, शम्भुनाथ, राजगढ, राजविराजलगायतबाट ११ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको बताइएको छ ।- रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी