×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : कोरोना संक्रमित युवकको सम्पर्कमा आएका १७ जना क्वारेन्टाइनमा

PRIME CA
GLOBAL IME BANK

कोरोना त्रास : कोरोना संक्रमित युवकको सम्पर्कमा आएका १७ जना क्वारेन्टाइनमा

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको वडा अध्यक्ष प्रदीप साहले जानकारी दिए ।
लकडाउनको समयमा गत वैशाख ९ गते चितवनबाट पैदलमार्फत घर आए लगत्तै संक्रमित देखिएका युवकसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ स्थित कन्त चन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको वैशाख २५ गते स्वाब संकलन गरिएपछि रिपोर्ट नआउँदै २८ गते आइतबार घर पठाइएको थियो ।
तर घर पठाएको एक दिन नबित्दै हटैलका युवकमा संक्रमण देखापरेपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनलाई भर्ना गरिएपछि उनीसँगै क्वारेन्टाइनमा राखिएका १२ जनालाई पुनः क्वारेन्टाइनमा ल्याइएको वडा अध्यक्ष साहले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: