×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ जनाको टोलीसँगै चितवनबाट हिडेर वैशाख ९ गते सप्तरी पुगेका थिए संक्रमित युवक…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१३ जनाको टोलीसँगै चितवनबाट हिडेर वैशाख ९ गते सप्तरी पुगेका थिए संक्रमित युवक…

Artha Sarokar

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
राजविराज । सप्तरीमा आज फेला परेका कोरोना संक्रमित व्यक्ति चितवनबाट पैदल हिँडेर सप्तरी पुगेको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय ती युवक लकडाउनकै बेला चितवनबाट पैदल हिँडेर सप्तरी पुगेको पाईएको हो ।
चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच)  मा.विको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए । उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो । उनिसगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी