
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फूँयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो ।
कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट निर्वाध रुपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड–१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको भन्दै अधिवक्ता मणिराम उपाध्यायसहितले सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चले आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड–१९ को पनि परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्